कृषिमा आधुनिकिकरण र व्यवसायीकरण गरी खाद्य र पोषण सुरक्षा गर्दै उद्योग प्रवर्द्धन गरी निर्यात गर्ने अवस्था सिर्जना गर्ने ।
एकिकृत कृषि, पशु सेवा, भूमि र सहकारी क्षेत्रमा सेवा प्रवाह सुनिश्चित गरी बृहत्तर उत्पादन क्षेत्र बनाउने
एकल महिला, जनजाति, आदिबासी, दलित लगायत पिछडिएको समुदायमा लक्षित भूमि, कृषि, तथा सहकारी सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
चक्लाबन्दी गरी कृषिको समग्रमा उत्पादन र उत्पादकत्व बढाउने ।
“One Health Approach” मा आधारित वातावरण विकास तथा पशुपन्छी रोग न्यूनीकरण गर्ने ।
स्थानीय र रैथाने जातका कृषि तथा पशुपन्छीहरुको संरक्षण र प्रवर्द्धन गरी जैविक विविधताको संरक्षण एवं उपयोग गर्ने ।
कृषकहरुको जिवनस्तर सुधार गर्न पशुपन्छी तथा मत्स्य पालन मार्फत रोजगारी प्रर्वद्धन गर्ने, पोषण तथा खाद्य सुरक्षाको प्रत्याभुति दिलाउने तथा प्रदेशको गरिवीको सख्या उल्लेख्य मात्रामा घटाउने।
लक्ष्य :
दिगो भूमि ब्यवस्थापन, कृषि र सहकारीको माध्यमबाट प्रदेशलाई खाद्यान्नमा आत्मानिर्भर वनाई उच्च र फराकिलो आर्थिक वृद्धिदर हाँसिल गर्ने ।
पशुपन्छीपालन तथा मत्स्यपालन व्यवसायलाइ व्यवसायीकरण प्रतिस्पर्धि वनाइ पशुपन्छी र मत्स्य जन्य पर्दाथमा प्रदेशलाइ आत्मानिर्भर वनाइ निर्यात प्रर्वद्धन गर्ने ।